प्रधानमन्त्री छोरी सशक्तीकरण कार्यक्रमका लागि १० करोड

काठमाडौं । सरकारले बजेटमार्फत प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट छुट्याएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी सशक्तीकरण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

जेठ १ गते संसद्‌मा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्दा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा गरेका थिए । राष्ट्रपतिले सो कार्यक्रम घोषणा गर्दा सांसदहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हेरेर हाँसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *