गम्भीर रोगका बिरामीको खातामा सरकारले हालिदिनेछ मासिक ५ हजार

काठमाडाैं। सरकारले गम्भीर प्रकृतिका रोगका बिरामीलाई मासिक रूपमा दिँदै आएको रकम खातामै उपलब्ध गराउने भएको छ ।

यसअघिदेखि क्यान्सर, मेरुदण्ड, पक्षघात, मिर्गौला डाइलासिसका बिरामीलाई दिँदै आएको प्रतिमहिना ५ हजार सम्बन्धित व्यक्तिको खातामा नै हाल्ने घोषणा सरकारले गरेको हो ।

यसका लागि सरकारले २ अर्ब बजेट छुट्याएको जानकारी अर्थमन्त्री वर्षमानले पुनले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *