सरकारले ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले भूमिहीन ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

सरकारले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएको छ । अर्थमन्त्री पुनले नापनक्सा कार्यलाई थप व्यवस्थित गरिने योजना पनि ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *