सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको थियो। आइतबार पनि सुन सोहि भाउमा कारोबार भइरहेको छ।

आइतबार चाँदी पनि शुक्रबारकै मूल्य प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेको थियो तर आइतबार मूल्यमा कुनै परिवर्तन भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *