


काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरूमा डोजर चलाएको छ ।
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गौशालादेखि एयरफोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरु भत्काएको जानकारी दिए ।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गर्दा सवारी आवागमन असहज भएकाे छ ।
काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो ।
Artha Sanjal

अर्थ सन्जाल