संसदीय छानबिन समिति गठन गर्न सत्तारुढ गठबन्धन र कांग्रेसबिच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकका अनुसार संसदीय समितिको टिओआर बनाउने विषय बाकी रहेकाले कानुनमन्त्री पदम गिरी, कांग्रेस, एमाले, रास्वपा र माओवादीका प्रतिनिधिले भोलि बिहान बसेर टुंग्याउने छन् ।

कानुनमन्त्रीको नेतृत्वमा बनेको समितिमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला, रास्वपाबाट शिशिर खनाल रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *