काठमाडौं । नेपाल इन्सुरेन्सको विशेष साधारण सभा आज शुक्रबार जेठ ४ गते बस्दैछ ।
हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न विशेष साधारण सभा बस्न लागेको कम्पनीले जनाएको छ । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद निष्कासन प्रकृया अघि बढ्ने कम्पनीले जनाएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेकोले वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।







