आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको केएल टावरमा रहेको शाखा महाराजगञ्जमा स्थानान्तरण

काठमाडौं ।  आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको काठमाडौं महानगरपालिका वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई काठमाडौं महानगरपालिका वडा नं. ३, स्थित महाराजगञ्ज काठमाडौं स्थानान्तरण गरिएको छ ।

ग्राहकहरुलाई छिटो र छरितो तरिकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष बृद्धि गरि लैजाने उद्देश्यले शाखा कार्यालय चाबहिलबाट महाराजगञ्जमा स्थानान्तरण गर्नु परेको इन्स्योरेन्सले जनाएको छ ।

स्थानान्तरण गरिएको शाखा कार्यालय महाराजगञ्जबाट आजैबाट नर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ । इन्स्योरेन्स हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले र बीमा व्यवसायमा अझ फराकिलो पार्दै कम्पनीले आफनो शाखाहरु थप्दै लैजाने उद्देश्यले अगाडी बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *