सेयर बजारमा दोहोरो अंकले बृद्धि, लगानीकर्ता झुमिए वाणिज्य बैंकमा

काठामाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको छ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ अंक बढेको छ। दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३२० कम्कोपनीको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ। लगानीकर्ताहरु वाणिज्य बैंकतर्फ आकर्षित भएसँगै सो उपसमूहको परिसूचक उच्च दरमा बढेको हो।

त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ

आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको ३० करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

सीईडीबी हाइड्रोपावर २८ करोड २३ लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंक ९ करोड ३२ लाख रुपैयाँ,पोखरा फाइनान्स ६ करोड ८५ लाख रुपैयाँ,कुमारी बैंक ६ करोड ५६ लाख रुपैयाँ,ज्योति विकास बैंकको संस्थापक सेयर ६ करोड ४५ लाख रुपैयाँ,सांग्रिला डेभलपमेन्ट बैंक ६ करोड १५ लाख रुपैयाँ,गोर्खाज फाइनान्स ६ करोड १० लाख रुपैयाँ,गरिमा डिबेन्चर ५ करोड २३ लाख रुपैयाँ,शिवम सिमेन्टः ४ करोड ८६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *