रौतहटमा लाखौं मूल्यको एकदर्जन सुँगुर चोरी

रौतहट । रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने एकदर्जन सुँगुर चोरी भएको छ। गएराती अज्ञात चोर समुहले स्थानिय बदरी धनखारको छोरा श्याम सुन्दर धनखारको खोर बाट एकदर्जन सुँगुर चोरी लागेका हुन्। श्याम सुन्दरको छोरीको बिहेको अवसरमा गएराती मदिरा सहितको भोजको आयोजना गरिएको थियो।

आफन्त, स्वजातियहरु तथा बाहिर बाट आएका कुटुम्बहरुको साथमा धनखार परिवार अबेर रातिसम्म खानपिन गरी सुतेका थिए। मध्य रातमा उनको घरभन्दा ५० मीटर पश्चिम रहेको खोरको ढोका फोडेर अज्ञात चोर समूहले १० वटा ठूलो ८० किलो भन्दा बढी वजन रहेको गर्भवती सुँगुर र दुर्इवटा २० किलो बराबर वजन रहेको सुँगुर चोरेर लागेको उनकी बहिनी सुगन्धी धनखारले बताएकी छिन्। आज बिहान ७ बजे घर परिवारको मानिसले खोरको ढोका खुलेको देखेर सुँगुर चोरी घटना बारे जानकारी भएको उनले बताइन्।

चोरी भएको जानकारी पाउनासाथ घर परिवार तथा टोल छिमेकका मानिस खोजि कार्यमा जुटेका छन तर सुँगुरको कुनै सुराक नलागेको सुगन्धले बताएकी छिन्।चोरी भएको सुँगुरको बजार मूल्य चारलाख २० हजार रुपैयाँ भन्दा बढी हुने स्थानिय रामचन्द्र गोसाईंले बताएका छन।

यसै बीच चोरी भएको सुँगुरको खोजी तथा अज्ञात चोर समूहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय कटहरियामा लिखित जाहेरी दरखास्त दिसकेको उनले जानकारी दिएकि छिन्। ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ट सई अरुण कुमार सिंहले सुँगुर चोरीको घटनाको बारेमा जिल्लामा टिपोट गराई खोजतलास सुरु गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *