काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य तोलामा ११ सय रूपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३५ हजार ८५० मा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य बिहिबारकै प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।







