सेयर बजारमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ८० करोडको कारोबार

काठामाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा वित्त समूहबाहेक सबै उपसमूहमा हरियाली छाएको छ। कारोबार पनि ४ अर्ब ८० करोड रुपैयाँको भएको छ। आज २१५ कम्पनीको शेयरभाउ बढ्दा २६ वटाको मात्रै घटेको छ भने ४ वटाको स्थिर रहेको छ। बढेको बजारमा आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय संथाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.२९ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ७.६२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव १८ प्रतिशतका दरले गुमाएका हुन् ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

पोखरा फाइनान्स १७ करोड १ लाख रुपैयाँ,गोर्खाज फाइनान्स १६ करोड २५ लाख रुपैयाँ,कामना सेवा विकास बैंक १२ करोड ९५ लाख रुपैयाँ,नेपाल फाइनान्स १२ करोड ६० लाख रुपैयाँ,आईसीएफसी फाइनान्स १२ करोड ५७ लाख रुपैयाँ,सांग्रिला डेभलपमेन्ट बैंक १० करोड ४२ लाख रुपैयाँ,मञ्जुश्री फाइनान्स ९ करोड ४५ लाख रुपैयाँ,समृद्धि फाइनान्स ९ करोड १४ लाख रुपैयाँ,जानकी फाइनान्स ९ करोड ६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *