रिडी पावरको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।

कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । वैशाख १७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम वैशाख २० गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

रित हकप्रद सेयरको कटअप मूल्य प्रतिकित्ता १४८.१० रुपैयाँ कायम भएकोमा उक्त मूल्यमा बोलपब पेश गर्नेहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *