समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा भारी छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले बैशाख १६ गते आर्सिया डेन्टल, पुतलिसडक काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले वैशाख १७ गतेदेखि समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा सिआइपीस प्रयोग गरि उक्त डेन्टलमा उपचार गरेको भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र आर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानुले हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *