सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । सिद्धार्थ बैंकले पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।

बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी  पृथ्वी दिवस मनाएको हो।

बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना गरेको थियो।

सरसफाई कार्यक्रम अन्तर्गत बैंकले देशको सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साथै, बैंकले बालबालिकाहरूलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरूको बारेसचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘प्लानेट भर्सेस प्लास्टिक’ मा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *