काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.१९ को विन्दुमा कायम भएको छ ।
आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ६२ कम्पनकिो सेयर मूल्य बढेको छ भने १७७ कम्पनकिो सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ९ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.०३ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.५२ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले ४.९२ प्रतिशतका दरले कमाएका छन् ।
अर्थ सन्जाल