जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर नगद लुटेको बताइएको छ ।
जनकपुरधाम १९ मा वीरेन्द्र बैंकबाट पैसा लिएर सहकारीतिर जाँदै थिए । मोटरसाइकलमा आएका दुई जना हतियारधारीले रकम लुटेर भागेको बताएका छन् ।
घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल