सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठामाडौं ।  नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा स्टार क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज सोमबार  हेर्न नभ्याइनेमा परेको छ ।

आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको साे मुद्दा हेर्न नभ्याइनेमा परेकाे हाे।

बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन।

अर्कातिर काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ। दुवै मुद्दाको सुनुवाइ एकै पटक हुने भनिएकाे थियाे।

उच्च अदालत पाटनले यसअघि पीडित गौशाला २६ (छ) को जन्मदर्ताका लागि दिइएको निवेदनको सक्कल प्रतिसहितको जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश दिएको थियो।

काठमाडौँ अदालतले पनि यही कागजात झिकाउन तीन पटकसम्म आदेश थियो। त्यतिबेला गौशाला २६ (छ) की आमाको जन्मदर्ता समेत झिकाउने आदेश अदालतले दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *