वर्षको पहिलो कारोबार दिन झिनो अंकले घट्यो नेप्से

काठमाडौं । वर्ष २०८१ को पहिलो कारोबार दिनको कारोबारमा सेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक आज २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा बन्द भएको हो।

आज ३२० कम्पनीका ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बढीमा कारोबार भएको छ। झिनो अंकले घटेको बजारमा १२७ कम्पनीको सेयरभाउ बढेको छ भने १०८ कम्पनीको सेयरभाउ ओरालो लागेको छ। आज १० कम्पनीको सेयरभाउ स्थिर रहेको छ।

आज सबैभन्दा धेरै सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.७२ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन् ।

सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सानिमा माई हाइड्रोपावरः २१ करोड ४७ लाख रुपैयाँ,पोखरा फाइनान्सः ११ करोड ७ लाख रुपैयाँ,ङादी ग्रुप पावरः १० करोड ३८ लाख रुपैयाँ,सूर्यज्योति लाइफः ८ करोड ९२ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सः ७ करोड ४४ लाख रुपैयाँ,एनआईसी एसिया लघुवित्तः ५ करोड ९० लाख रुपैयाँ,सर्वोत्तम सिमेन्टः ५ करोड ७१ लाख रुपैयाँ,गोर्खाज फाइनान्सः ५ करोड १५ लाख रुपैयाँ,शिवम सिमेन्टः ५ करोड १२ लाख रुपैयाँ,माण्डु हाइड्रोपावरः ४ करोड ६५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *