होली पर्व सुरू हुनु साता दश दिनअघि नै मधेशका गाउँहरूमा जोगिराको धुन गुन्जिन थालेको छ । पहिला पहिला जस्ताे जोगिरा सरर… धुन नगुन्जिए पनि परम्परा र संस्कृतिलाई निरन्तरता दिनकै लागि मात्रै भए पनि बजाउने गरेकाे राजविराज- १ की ५० वर्षीया भगवती साहले बताइन।
उनले थपे,´पहिलेपहिले त गाउँको कुनै निश्चित ठाउँमा मानिसहरू भेला भई अबेर रातिसम्म जोगिरा गाइन्थ्यो ।` गाउँका केटाकेटी, महिला वृद्धवृद्धा र जोगिरा गाउने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे । गाउँ नै आनन्दित हुने गर्थ्याे । तर, अहिले त्यस्तो रौनक नभएको चौधरीको भनाइ छ ।
समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै सहर र विदेसिएपछि जोगिरा सररर… मा कमि आएको चौधरीको कथन छ।
होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसँगै ज्येष्ठ नागरिकले पनि रमाइलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका-१ का ७० वर्षीया सुला रजकले बताए ।
होलीको अवसरमा गाइने जोगिरा मधेशको पहिचान र गौरव हो । यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्नेमा रजकको जोड छ । उनले थपे, ´यसको संरक्षणमा युवा वर्ग अगाडि आउन जरुरी छ ।`






