काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदको अन्तर्वार्ताका लागि ५ जना छनौट भएका छन् । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान आवेदन मा गरेको थियो ।
उक्त सूचनाका आधारमा दरखास्त फाराम र व्यावसायिक कार्ययोजना स्वीकृत भएका ५ जना उम्मेदवारनै अन्तर्वार्ताका लागि छनौट भएका हुन् ।
अन्तर्वार्ताका लागि छनौट हुनेहरुमा प्रकाश घिमिरे,तारानाथ पाण्डे,पिताम्बर सापकोटा,रोशन कुमार अधिकारी र गोबिन्द प्रसाल शर्मा रहेका छन् । अन्तर्वार्ताका लागि छनौट भएका ५ जना आवेदकलाई नेपाल राष्ट्र बैंकले नागरिकता,शैक्षिक योग्यताको प्रमाणपत्र तथा कार्य अनुभव खुल्ने कागजातको सक्कल प्रतिसहित उपस्थित हुन भनेको छ।
तारानाथ पाण्डे र गोविन्द प्रसाद शर्माको अन्तर्वार्ता आज बिहान ८.३० बजे लिइएको छ भने प्रकाश घिमिरे र पिताम्बर सापकोटालाई आजै साँझ ५:३० बजे बोलाईएको छ । यस्तै रोशन कुमार अधिकारीलाई चैत २६ गते अर्थात् भोलि बिहान ८:०० बजेका लागि बोलाइएको छ ।






