राजेन्द्र महतो पक्ष र प्रहरीबीच झडप, ५ जना घाइते

काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो।

त्यसक्रममा खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा झडप भएको हो।

झडपमा दुई प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *