१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हो ।प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।






