काठमाडौं। संवैधानिक परिषद्ले संवैधानिक निकाय राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ।
आज सार्वजनिक सूचना जारी गर्दै परिषद्ले महिला आयोगको सदस्य र समावेशी आयोगमा अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन sambaidhanik@opmcm.gov.np मा पठाउनुपर्नेछ।








