दुर्गा प्रसाईं भन्छन् – अब बैंकको ऋण तिर्छु

काठमाडौं । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिनेगरी सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेका छन् ।

सरकारले आफूलाई १३ वर्षसम्म अन्यायमा गरिरहेको अवस्थामा सर्वोच्च अदालतले न्याय दिएको भन्दै उनले खुसी व्यक्त गरे । करिब ३ साता लामो भारत बसाइपछि फर्किएका उनले अब बैंकको ऋण पनि तिर्ने बताए ।

‘हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिएर १३ वर्षसम्म सम्बन्धन रोक्दै  राखेका थिए, उनले भने, सर्वोच्च अदालतबाट सम्बन्धन दिने आदेश हुँदा देशमा न्याय मरेको छैन भन्ने प्रमाणित भयो । न्यायपालिकालाई धन्यवाद दिन्छु ।’

सम्बन्धन पाएसँगै मेडिकल कलेज चलाएर बैंकको सबै ऋण तिर्ने प्रतिबद्धता पनि प्रसाईंले जनाएका छन् ।‘मेडिकल कलेजले सम्बन्धन पायो । अब म बैंकको पैसा तिर्छु । तर अब देश बचाउने मेरो लडाइँ झन् सशक्त हुन्छु, उनले भने, मेडिकल कलेजले सम्बन्धन पाएपछि अबसँग पैसा पनि हुन्छ, लडाइँ झन् आक्रमक हुन्छ । दायाँबायाँ हुँदैन, प्रष्ट यही हो ।’

उनले अब बैंकको ऋण तिर्न पनि सहज हुने बताए ।  मैले कहिले पनि ऋण तिर्दिनँ भनेको थिइनँ । २० लाखभन्दा मुनिको गरिबको पैसा तिरिदेऊ न भनेको हो सरकारलाई, उनले भने, – अब म झन् सशक्त भएको छु । सम्बन्धन पाएँ अब लडाइँ अझै सशक्त हुन्छ। सम्बन्धनको लडाइँ आफ्नो ठाउँमा छ । तर म देश बचाउने अभियानमा रोकिन्नँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *