मल्टीपर्पस बन्यो क्रसबोर्डर व्यवसायिक सम्झौता गर्ने पहिलो फाइनान्स कम्पनी

काठामाडौं । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो ।

फाइनान्स कम्पनीहरुमा आफ्ना सेवा ग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ । सम्झौतामा फाइनान्सको तर्फबाट नायव महाप्रवन्धक प्रदीप कुमार सिंह र फोनपे नेटवर्कको तर्फबाट प्रदेश प्रमुख पशुपति मिश्रले सम्झौता गरेका छन् ।

यस सेवा अन्तर्गत पहिलो चरणमा वित्तीय संस्था मार्फत क्युआर भुक्तानी सेवा लिएका सेवाग्राहीहरुले व्यवसायहरुमा कारोवार गर्दा हाललाई भारतीय युपीआई अन्तर्गतका भिम तथा फोनपे एप मार्फत यो सेवा नेपालस्थित मल्टीपर्पस फाइनान्स लिमिटेडका फोनपे क्युआरमा प्रयोग गर्न सकिने वित्तीय संस्थाका नायव महाप्रवन्धक प्रदीप कुमार सिंहले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *