काठमाडौं। माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिग मार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविड अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।
बैंकले ग्राहकले डेविड कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १०% वा बढीमा रु.२०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो ।
यो क्यासब्याक बिग मार्टका निम्न शाखामा उपलब्ध छ, रामबजार, पर्स्याइ, बगर, शितलादेवी, र फूलबारी । माछापुच्छ्रे बैंक लि.ले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायीक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ।
यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम् डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।






