काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको नाम प्रयोग गर्दै नक्काली पेज प्रयोग गरिएको पाइएको छ। एभरेष्ट बैंकको नाममा सञ्चालन गरिएको नक्कली फेसबुक पेजबाट विभिन्न सन्देश तथा डाउनलोडको सूचना आएपछि बैंकले आफ्नो सामाजिक संजालमार्फत सूचना जारी गर्दै बैंकको नक्कली फेसबुक पेजबाट सचेत रहन आग्रह गरेको छ।
बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच’को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गइरहेकाले सचेत रहन बैंकले आग्रह गरेको हो।
बैंकले उक्त नक्कली पेजबाट आउने कुनै पनि अनुरोध तथा सन्देशहरू ध्यान नदिन र सचेत रहन समेत अनुरोध गरेको छ। बैंकको आधिकारीक पेजको पहिचान गर्नका लागि ब्लू टिक चेक गर्न पनि सूचनामार्फत बैंकले आग्रह गरिएको छ।
Artha Sanjal






