प्रेम प्रस्ताव अस्वीकार गरेपछि सुष्माको हत्या भएको प्रहरीको निष्कर्ष

काठमाडौं। काठमाडौँको तारेभिरमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी सुस्मा लामाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरेको थियो।

बूढानीलकण्ठ उच्च माविमा कक्षा–१२ मा अध्ययनरत १८ वर्षीया सुष्माको शव प्रहरीले गएको फागुन २४ गते शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभीरमा जंगलमा फेला पारेको थियो । घटनाको अनुसन्धानका गर्दा छिमेकी युवकले नै हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए ।

पक्राउ परेका लामाले युवतीलाई एकतर्फी मन पराएको र पटक–पटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए । प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोबाइल र किताबकापी पनि बरामद गरेको छ ।

त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टअनुसार ‘घाँटी दबाएर’ उनको हत्या गरेको देखिएको छ । हत्यापछि कुटोले खाल्डो खनेर पुरेको डीएसपी घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *