रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु

काठमाडौं। रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक., बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

May be an illustration of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *