सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलरहरू बजारमा

काठमाडौं । चौथरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रिोनिक्सले उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा ल्याएको छ ।

सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको छ– डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर ।

सीजी ब्रान्डसग सबैभन्दा स्टाइलिश र उच्च स्तरीय सिलिङ, स्ट्यान्ड, वाल, टेबल फ्यानहरू छन्, जसले तपाइको घर भित्रीको सुन्दरमा मात्र होईन तपाईलाई उत्कृष्ट शीतलता र आराम पनि दिन्छ । यी सबै फ्यानहरू अति उच्च प्रविधिका साथ ३ र ५ स्पीड कन्ट्रोल भएको, हेभी मेटल बडी, एरोडायनामिकली डिजाइन गरिएको एल्युमिनियम ब्लेडहरू, वाइड एंगल ओसिलेसन, बिल्ट–इन टाइमर, बलियो र भरपर्दो मोटर जस्ता उच्च प्रविधियुक्त विशेषताहरूले भरिएकाले बढी टिकाउ पनि हुने कम्पनीले जनाएको छ ।

यी सबै कुलरहरू पनि ५ प्रतिशत ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरुको उत्कुष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम रेन्ज हो । सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ । सीजी ब्राण्डमा उत्कुष्ट खोज्ने नेपाली उपभोक्ताहरुको लागि अन्य विश्व प्रख्यात बाण्डहरुको बराबरमा उपलब्ध गराएको कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *