नेपाल र साउदी अरवबीच द्विपक्षीय बैठक आज

 

नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दैछ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।

बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र  मन्त्रालयले जनाएको छ।

बैठक सकिएपछि आज नेपाल र साउदीबीछ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *