नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो। त्रिवि क्रिकेट मैदानमा नेपाली समयअनुसार साढे ११ बजे खेल सुरु हुने छ।

लिग चरणमा नेदरल्यान्ड्स विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका हुन्। अन्तिम खेलमा नेदरल्यान्ड्सलाई नै हराएर नेपालले फाइनलमा स्थान बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *