काठमाडौं । नेपली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजारले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




