समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले शुक्रबार पुतलीसडक, नारायणगढ र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत शाखा कार्यालय सो कार्यक्रम गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा, नारायणगढ शाखाको प्राङ्गगणमा र पुतलीसडकबाट शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा बुटवलबाट ३८, नारायणगढबाट ४३ र पुतलीसडकबाट ५० गरी जम्मा १३१ युनिट रक्त संकलन भएको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेकोमा फाल्गुण महिनाको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको साथै आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *