काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले साधारणसभा प्रयोजनको लागि शुक्रबार फागुन ११ गते बुक क्लोज गर्दैछ ।
स्वरोजगार लघुवित्तले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्दै छ । फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार हुँदैन । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यस कम्पनीले लाभांश पारित गर्न फागुन ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ ।






