यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। अमेरिकी डलर भाउ आज सामान्य पैसाले बढेको छ भने युरो र पाउण्डको भाउ पनि बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसामा थियो।

बिहिबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ र बिक्रीदर १४३ रूपैयाँ ६५ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०२ पैसाले बढेको हो। मंगलबार यसको खरिददर १४२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ६३ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ २६ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७८ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १६६ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रूपैयाँ ५२ पैसामा कारोबार भएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रूपैयाँ १७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८७ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ६३ पैसा र बिक्रीदर २७ रूपैयाँ ७६ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ४२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *