राष्ट्रबैंक हुँदासम्म बैंकहरु डुब्ने सम्भावना छैन : पूर्वगभर्नर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले केन्द्रीय बैंक हुँदासम्म बैंकहरु डुब्ने सम्भावना नरहेको बताएका छन् । सन्चारकर्मीहरुसङ्ग कुरा गर्दै क्षेत्रीले बजारमा हल्ला गरिएको जस्तो बैैंक तथा वित्तीय संस्थामा समस्या नआएको बताएका हुन्  । पूर्वगभर्नर क्षेत्रीले देशमा आर्थिक मन्दी देखिएपनि  बैंकहरु डुब्ने सम्भावना नरहेको पनि स्पष्ट पारे ।

उनले नेपाल राष्ट्र बैंक रहेसम्म आफ्नो बचत सुरक्षित रहनेमा ढुक्क रहन समेत बैंक तथा वित्तीय संस्थाहरुका बचतकर्ता र लगानीकर्तालाई आग्रह गरे । उनी भन्छन् , ‘यदि कुनै बैंकको स्थिति नाजुक हुँदै गएको अवस्थामा केन्द्रीय बैंकले  विभिन्न प्रक्रिया अपनाएर  बैंकलाई नर्मल अवस्थामा ल्याउने, अन्य कुनै बैंकसंग गाभ्ने या टेकओभर गरेर पनि लगामीकर्ताको  निक्षेप सुरक्षित गर्ने गर्छ ।’

उनलेे पछिल्लो समय केहि समूह बैन्किङ्ग प्रणाली नै ध्वस्त पार्ने मनसायले हात धोएर लागिपरेकाले बजारमा आएका हल्लाको पछि नलाग्न आग्रह समेत गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *