मिर्मिरे लघुवित्तको साधारणसभा फागुन १४ गते, कस्ता छन् प्रस्तावहरु ?

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ।

साे सभा फागुन १४ गते होटल सारथी, धुलिखेल नगरपालिका वडा ७, धुलिखेल, क्राभेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभा प्रयोजनका लागि संस्थाले आज बुक क्लोज गर्दैछ। तसर्थ, बिहीबार फागुन ३ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्। मिर्मिरे लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट घोषणा गरेको ६.३२ प्रतिशत लाभांश रद्द गरेको थियो।

सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ भने सभामा आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ।

त्यसका साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको कम्पनीले जनाएको छ। संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *