क्यानाडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि २ सय १७ रन मात्र बनाउन सक्यो ।

सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो । शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै खेलिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *