काठमाडौं । सेयर बजारमा बुधबार पनि सुधार आएको छ। आज सेयर बजार नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा उक्लिएको छ।
आज दिनभरिमा ३१५ वटा कम्पनीको ७६ करोड २४ लाख ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १८१ कम्पनीको मुल्य बढेको छ भने ५७ वटा कम्पनीको सेयर मुल्य घटेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
माउन्टेन इनर्जीः १६ करोड ६५ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ७४ लाख रुपैयाँ,नेपाल टेलिकमः ७ करोड ३५ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः ७ करोड ३० लाख रुपैयाँ,ङादी ग्रुप पावरः ५ करोड ६२ लाख रुपैयाँ,सोनापुर मिनरल्सः ५ करोड ४१ लाख रुपैयाँ,पिपुल्स पावरः ४ करोड ८४ लाख रुपैयाँ,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ४ करोड ३१ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ३१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।







