काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोको भाउ घटेको छ। आइतबार ७ पैसाले घटेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको छ। आइतबार पनि सोहीमूल्यमा यसको खरिदबिक्री भएको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४३ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा १ रुपैयाँ २८ पैसाले घटेको हो। आइतबार युरोको खरिददर १४४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७२ पैसामा कारोबार भएको थियो।
त्यस्तै, आइतबार १ रुपैयाँ ०६ पैसाले बढेको बेलायती पाउण्ड सटर्लिङ भने सोमबार १ रुपैयाँ ६९ पैसाले घटेको हो। आज बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ २२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९८ पैसा कायम गरिएको छ। आइतबार यसको खरिददर १६८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६८ पैसा तोकिएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९२ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९६ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८९ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९३ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ १० पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।






