यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य नेपाल स्टक एक्सचेन्जमा समायोजन भएको छ । इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६१.३० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१८.९० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५६१.३० रुपैयाँलाई आधार मानेर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *