तेह्रथुम पावरको नाफासँगै अधिकांश सूचकमा चमक

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष२०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७६.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६ लाख ६२ हजार रुपैयाँ मात्र थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८.८५ प्रतिशत बढेर ९ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ११.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२.४९ प्रतिशत बढेको छ।

चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष १३ करोड ८९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ९० पैसा बढेर ३ रुपैयाँ २३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ६५ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८६.९ गुणा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *