आईसीसी यू–१९ विश्वकप: भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स टोली भारतसँग टस हारेको छ । भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

भारतले भने ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले यू–१९ विश्वकपको उपाधि जित्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *