यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले ३०९ औँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आगामी फागुन ६ गते आइतबारका दिन काठमाण्डौ शंखमुलमा रहेको अनामोल ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरिएको १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ।व २०७९÷८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७९र८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

सभामा सञ्चालक समूह क बाट ३ जना सर्वसाधारण समूह ख बाट २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी माघ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २१ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *