आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडरमा दीपक र दीपाश्री नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेसेडरमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त भएका छन्।

पोखरास्थित कुटी रेसोर्टमा शुक्रबार आयोजित अन्तर्राष्ट्रियस्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच गिरी र निरौला तथा आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापश्चात प्रमुख कार्यकारी अधिकृत फुयालले कम्पनीको प्रचार–प्रसार तथा विभिन्न क्रियाकलापमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धिलगायत बीमा सचेतनामा ब्रान्ड एम्बेसेडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।

नवनियुक्त ब्रान्ड एम्बेसेडरद्वय गिरी र निरौलाले आइएमई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *