गुराँस लघुवित्तको नाफा बढ्यो

काठमाडौं- गुराँस लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बढेको छ। कम्पनीले ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको हो।एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा खराब कर्जा घटेकाले खुद नाफा प्रभावित भएको हो।

अघिल्लो वर्षको यसैअवधिमा यसले २ लाख ४७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेर २ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेको र सञ्चालन नाफा ७९ लाख ७६ हजार रुपैयाँ छ। यसैगरी पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.५२ प्रतिशतले घटेर ३.७५ प्रतिशतमा आएको छ। प्रतिसेयर आम्दानी १५ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ६७ पैसा छ। चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *