कामना सेवा विकास बैंकद्वारा नेपालपे किउआर को सुरुवात

कामना सेवा विकास बैंकद्वारा नेस्नल पेमेन्ट स्विच अन्तर्गतको नेपालपे किउआर को लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपालपे किउआर सुबिधा प्रदान गर्न सुरु गरेका छन् । यस मार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई किउआर पेमेन्ट मार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ ।

नेपालपे किउआर नेपाल राष्ट्र बैंकले जारी गरेको र एचसीएचएल द्वारा संचालित किउआर को माप्दण्ड कार्यान्वयन गर्ने प्रमुख पुर्वाधार हो जस्ले नेट्वर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसंचालनमा मद्दत गर्नेछ । कामना सेवा विकास बैंक नेस्नल पेमेन्ट स्विच मा आबद्ध हुने विकास बैंक मध्ये पहिलो विकास बैंक र नेपालपे किउआर लाई समर्थन गर्ने पहिलो विकास बैंक रहेको छ ।

यससँगै, कामना सेवाका आफ्नो व्यावसाय रहेको ग्राहकहरुले अब नेपालपे किउआर मार्फत सक्षम भएका कुनै पनि उपकरणहरूद्वारा आफ्ना ग्राहकहरूबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टको रूपमा दर्ता गर्न सक्नेछन्, जुन कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको वालेट वा आईपीएस को मोबाइल बैंकिङ मार्फत यो सुबिधा प्रयोग गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *