एनएमबि बैंकद्वारा डा. भगवान कोइरालाको अस्पताललाई २५ लाख सहयोग

काठमाडौं ।  एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पु¥याउँने बैंकले जनाएको छ ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र अस्पतालका अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको  छ । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँने बैंकले उल्लेख गरेको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत  सेवा प्रदान गदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *